Logo
४ वैशाख २०८१, मंगलबार

विश्वको अग्लो हिमतालबाट हिमालय बचाउ अभियान

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार ०६:०५ मा प्रकाशित

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले संचालन गरेको हिमालय बचाउ नदी जोगाउ अभियान अन्तर्गत आज विश्वको सबैभन्दा उचाइँमा रहेको तिलिचो ताल परिसर सफा गरिएको छ।

समाजका सल्लाहकार तथा धर्ति जोगाउ अभियानका अभियन्ता उत्तम पुडासैनी, शान्ति समाज काठमाडौं शाखाका सभापति, सचिव तथा कोषाध्यक्ष क्रमशः भगवान पुडासैनी, प्रमोद फुंयाल र बिकास थापासहितको टोलीले मनाङ्ग जिल्लाको खाङ्गसारदेखि तिलिचोसम्मको पदयात्रा गरेर यत्रतत्र फालिएका फोहोर ब्यवस्थापन गरेका हुन्।

उनीहरुले तिलिचो किनारमा पुगेर भावी सन्ततीको सुरक्षाका लागि र मानव जीवनकै अस्थित्वका लागि अब फोहोर ब्यवस्थापनमा सबै सचेत हुनुपर्ने र कार्बन उत्सर्जनमा न्यूनता ल्याउन सबैसंग आग्रह गरिएको छ।

शान्ति समाजले हिमालय बचाउ अभियान अन्तर्गत यसअघि संखुवासभाको मकालुबाट हिमालय बचाउ अभियानको प्रारम्भ गरेको थियो।

उक्त अभियानको अगुवाई नागरिक अगुवा देबेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गरेका थिए।