Logo
२० पुस २०८१, शनिबार

‘घन्टीलाई बजाउन मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ’

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०१:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई फरक कुरा भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई ‘इरिटेट’ गरिएको भन्दै आक्रोश समेत पोखेका छन्।

सांसद पदको योग्यतालाई लिएर प्रश्न उठाउँदै उनीमाथि पुनः हिजो युवराज सफलले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका थिए।

रविले लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’

अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनः कायम गराएको प्रष्ट्याएका छन्।

अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ।

‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ’, रविले लेखेका छन्।

आक्रोश पोख्दै उनले लेखेका छन्,‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’