Logo
७ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०६:०५ मा प्रकाशित

धनगढी। ‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ।

धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ।

‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताए।

देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ।