Logo
२२ पुस २०८१, सोमबार

अझै पाँच दिन अत्यासलाग्दो गर्मी, दुम्कौलीमा झन्डै ४४ डिग्री, घरबाट बाहिर ननिस्कन अपिल

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार ०७:०६ मा प्रकाशित

काठमाडौं। केही दिनेदखि तराईँ क्षेत्रमा बढेको गर्मी अझै केही दिन कम नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन सार्वजनिक गर्दै गर्मी तत्काल नरोकिने संकेत रहेको जनाएको हो।

महाशाखाले तराईका भूभागमा आउँदा पाँच दिन तातो हावा र लु चल्ने अनुमान गरेको छ। अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन समेत महाशाखाले अपिल गरेको छ।

महाशाखाका अनुसार हालको तल्लो र माथिल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भाना छैन। जसले तराई, पहाड र भित्री खोँचहरुमा अझै गर्मी बढ्ने अनुमान महाशाखाले गरेको छ।

बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा मापन भएको छ। लुम्कौलीमा आज अधिकतम तापक्रम ४३ दशमलव ८ गिडी सेल्सियस मापन गरिएको छ। जेठ १८ गते रौतहटको गौर र जेठ २२ गते दुम्कौलीमै ४३ दशमलव ८ डिग्री सेल्सियस गर्मी महसुस गरिएको थियो।

पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मापन गरिएको छ। गर्मीमा प्रसस्त मात्रामा पानी पिउन, लुबाट जोगिन र प्रसस्त मात्रामा फलफूल खान जानकारहरुले सुझएका छन्।