Logo
२४ असोज २०८१, बिहीबार

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ गरिमाको साथ

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०९:०६ मा प्रकाशित

धनगढी। कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड—२०७९’ लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो।

अब यो विधाको नाम गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डाक्टर निराजनदत्त शर्मा पौडेलले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए।

सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्ष ०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ।

विधा प्रायोजकमा निसर्ग हस्पिटल, माया मेट्रो हस्पिटल, शौभाग्य हस्पिटल, सारथी अस्पताल र न्यु सिटी पोलिक्लिनिक रहेका छन्।