Logo
२१ मंसीर २०८२, आईतबार

कलाकार बल्छी ध्रुबेसहित आठ जना पक्राउ

अक्षरपाटी
२०८० जेठ ३२ , बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं। प्रतिबन्धित अनलाइन सट्टेबाजी (बेटिङ) गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए।

अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।

पक्राउ परेकाहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गर्ने गरेका थिए।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए।

युट्युबमार्फत विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गरेको भन्दै अपरेसन शुरु गरिएको थियो।

प्रहरीको अपरेसन अन्तरगत बुधवारमात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।