Logo
२१ वैशाख २०८१, शुक्रबार

प्रोत्साहनाज ब्युटी पार्लरको २१ औं वार्षिक उत्सव

अक्षरपाटी
२०८० असार ४ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं। सौन्दर्य क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर २१ औं वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ।

प्रोत्साहनाजले हरेक वर्ष झैं यसपटक पनि वार्षिकोत्सव मनाएको छ। सो क्रममा आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ।

उक्त अवसरमा विपना केसी, अप्सरा बुढा, मिनु जिरेल, पन्छु माइ तामाङ, शान्ता तामाङ, कान्ति गैरे, सुशीला नगरकोटी, कमला बज्राचार्य, रोना शाक्य, मनिता श्रेष्ठ, अनुषा विश्वकर्मा, विनु श्रेष्ठ, आसमाया तामाङ, रविशा पहरी र एलिना महर्जनले प्रमाणपत्र प्राप्त गरेका थिए।

प्रोत्साहनाजले सौन्दर्यका पारखीहरूका लागि सेवा प्रदान गर्नाका साथै सौन्दर्य पेसालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत व्यवस्था गर्दै आएको छ।

जाउलाखेल चोकमा र एकान्त कुना जाउलाखेल ललितपुरमा अवस्थित प्रोत्साहनाजकी सञ्चालक रेनु राना मगरको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिमा वरिष्ठ सौन्दर्यकर्मी रचना शाक्यको उपस्थिति रहेको थियो।

२१ औं वार्षिक उत्सवसम्म आइपुग्दा प्रोत्साहनाजले आठ हजारभन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर आत्मनिर्भर बनाएको दाबी मगरले गरेकी छन्।