Logo
६ जेठ २०८१, आईतबार

सुदूरपश्चिम स्पोर्टस अवार्डको भेन्यु पार्टनर ओम प्यालेस

अक्षरपाटी
२०८० असार ४ , सोमबार ०६:०६ मा प्रकाशित

धनगढी ४ असार। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ धनगढीको ओम प्यालेसमा आयोजना हुने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा ओम प्यालेस भेन्यु पार्टनरको रुपमा जोडिएको हो।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझा र ओम प्यालेसका व्यवस्थापक कल्याण मोक्तानबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ।

अघिल्ला तीन संस्करणमध्ये दुई संस्करणमा पनि ओम प्यालेसमै कार्यक्रम आयोजना भएको थियो।

सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजनामा ओम प्यालेसका प्रबन्धक निर्देशक महेश शाहले सुरुवातदेखि हालसम्म सहयोग गर्दै आएका छन्। उनले आगामी संस्करणहरुमा पनि अवार्डलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ। सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड छ।

अवार्डको वर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।

अवार्डको ट्रफी सुुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ।