Logo
९ वैशाख २०८२, मंगलबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक : राजदूत श्रीवास्तव

अक्षरपाटी
२०८० असार ५ , मंगलबार ११:०६ मा प्रकाशित

लुम्बिनी। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुटबारे छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।

आज बिहान लुम्बिनीमा आयोजित योग दिवसका अवसरमा बोल्दै उनले भारत र नेपाल सरकारबीच हवाइ रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढेको बताए।

दुई देशबीचको साँस्कृतिक सम्बन्धलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरिरहेको र सकारात्मक नतिजा आउने उनले बताए।

पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर फैलनु खुशीको विषय भएको उनले बताए।