दार्चुला ५ असार। पछिल्लो समय पश्चिम नेपाल भूकम्पको जोखिममा देखिएको छ।
गत कार्तिक २३ मा डोटीमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएर ६ जनाको ज्यान गएयता दर्जनौ साना भूकम्पका धक्का महसुस भएका छन्।
आज बिहान पनि दार्चुलाको खाणेश्वरीमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्प बिहान ४ बजेर ५५ मिनेटमा गएको हो।
यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।