धनगढी। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जना जिप दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनीहरुलाई हेलिकोप्टरमार्फट नेपालगञ्ज पठाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय बझाङका
सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले अक्षरपाटीसँग बताइन्।
मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बताइएको छ। उनीहरुलाई काठमाडौं ल्याउने अवस्था नभएपछि नेपालगञ्ज लग्न लागिएको बताइएको छ।
चालक धर्मराज जोशीको अवस्था भने मध्यम रहेको बताइएको छ। सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा सडकबाट तल कालंगा खोला किनारमा खसेको थियो।