गोरखा ८ असार। गोरखामा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। उक्त घटनामा १२ जना घाइते भएका छन्।
शहीद लखन गाउँपालिका ५ बाट वडा नम्बर ३ चिलिङकोटमा रहेको बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्कँदै गर्दा गएराति जिप दुर्घटना भएको हो।
दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सडकबाट करिब दुईसय मिटर तल खसेर प्रहरीले जनाएको छ।
भिरालो बाटो र पानी परेकाले जिप दर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि कारण खुल्न सकेको छैन।