काठमाडौं १३ असार। जलहरीमा सुन घोटाला भएको आशंकामा आइतबार अनुसन्धानका लागि झिकिएको जलहरी आज पुनः विधिपूर्वक स्थापना गरिने भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा हतारहतार राखिएको सुनको जलहरीको तौल र गुणस्तरबारे उजुरी परेपछि छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरी निकालेको थियो।
निकालिएको जलहरी पुनस्र्थापना गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। निकालिएको जलहरी पुनःस्थापनापछि तीन दिन क्षमा पूजा गरिने जनाइको छ।
जलहरीमा तामा, पित्तल र चाँदीको मात्र कति छ भनेर अध्ययन भइरहेको छ। अख्तियारले जलहरी जोख्दा १०७।४६८ किलो पाइएको छ।