Logo
२१ मंसीर २०८२, आईतबार

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, टिपर र ट्यांकर व्यवसायी आन्दोलित

अक्षरपाटी
२०८० असार १४ , बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी,टेम्पो,निलो माइक्रो, ट्रक र ट्यांकर चालकहरू आन्दोलित भएका छन्। सो निर्णय खारेज हुनुपर्ने माग गर्दै उनीहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको आयोजनामा चालकहरूले सीतापाइला चोकदेखि र्‍याली निकालेका छन्। टिपर,ट्यांकर,साना ढुवानी गाडी,ट्याक्सी र टेम्पो सडकमा लिएर नाराबाजी गरिरहेका छन्।

उनीहरूले स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागू गर,रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर,ट्राफिक ज्यादती बन्द गर,ट्याक्सी स्ट्यान्डको अनिवार्य व्यवस्था गर र २० वर्षे अवधि खारेज गर्नुपर्ने लगायत माग गरेका छन्।

सरकारले यसअघि प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।