Logo
९ वैशाख २०८२, मंगलबार

चुनावकाबीच भारतको पश्चिम बंगालमा हिंसा, १६ जनाको मृत्यु

अक्षरपाटी
२०८० असार २४ , आईतबार ०८:०७ मा प्रकाशित

एजेन्सी। भारतको पश्चिम बंगालमा भएको हिंसामा १६ जनाको मृत्यु भएको छ।

चुनावका बीच भएको हिंसाको दोष पार्टीहरुले एक अर्कालाई लगाइरहेका छन्।

हिंसा नहोस भनेर शनिबार बिहानैदेखि सवा लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिए पनि स्थिति नियन्त्रण बाहिर गएको थियो।

चुनावका क्रममा बम विष्फोट, गोली हानाहान, मतपेटिका लुटपाट, बुथमा तोडफोडलगायतका घटना भए पनि सुरक्षाकर्मी निरिह भएका थिए।

चुनावी हिंसामा सबैभन्दा बढी त्रिणमुल कांग्रेस (टीएमसी० का १० जना, भारतीय जनता पार्टीका ३ र भारतीय कम्युनिष्ट पार्टीका ३ जनाको मृत्यु भएको छ।

हिंसाको दोष दलहरुले एकले अर्कालाई दिइरहेका छन्। हिंसाका बीच पनि शनिबार साँझ ५ बजे करिब ६६ दशमलव २८ प्रतिशत मतदान भएको बताइएको छ। चुनावको नतिजा ११ जुलाईमा आउनेछ।