Logo
२५ पुस २०८१, बिहीबार

त्रिभुवन विमानस्थलमा कतार एयरको जहाज ‘ओभरसुट’

अक्षरपाटी
२०८० असोज १७ , बुधबार ०८:१० मा प्रकाशित

काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘अनस्टेवल एप्रोज’ भएकाले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

“जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।