Logo
७ पुस २०८१, आईतबार

राजेश पायलले भने-‘हे हर्क अघि बढ, पछि नफर्क’

अक्षरपाटी
२०८० कात्तिक १८ , शनिबार ०५:११ मा प्रकाशित

धरान। श्रम संस्कृतिको शहरका रुपमा धरानलाई अन्तर्रास्ट्रिय स्तरमा चिनाउने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गर्दै म्युजिक भिडियो नै निर्माण गरिएको छ।

‘हे हर्क अघि बढ, पछि नफर्क’, बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो।

सेवक अभियानका संयोजक राजीव हलवाईको रचना तथा निरज श्रेष्ठको संगीत रहेको गीतमा चर्चित गायक राजेश पायल राईले स्वर छ।

गीत सिल्भर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा मेयर हर्क साम्पाङ आफ्नो परिवारसहित सहभागी थिए।

उपमेयर अइन्द्रबिक्रम बेघा, नायिक रेखा लिम्बु, गीतकार मीना सिंगकसहित श्रमदाताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठको परिकल्पना र आग्रहमा एकै रातमा गीत लेखेको र यो गीत मेयर साम्पाङ्गको अहिलेसम्म गरेका काम तथा गतिबिधि संगै उनलाई सुझाव समेत दिने प्रयास गरेको गीतकार हलवाईले बताए ।

मेयर साम्पाङको श्रमअभियान र विकासको कार्यबाट आफु प्रभावित भएर गीतको माध्यमबाट योगदान दिने प्रयास गरेको उनले बताए।

गीतको म्युजिक भिडियोले मेयर साम्पाङ निवार्चित भएको, सपथ ग्रहण गरेको र त्यसपछि खानेपानी, वृक्षारोपण, लगायत कार्यमा भएको श्रमदान अभियान, लागुपर्दार्थ दुर्व्यसन बिरुद्धको अभियान को दृष्यहरुलाई कैद गरिएको छ।

हर्क साम्पाङ