Logo
६ पुस २०८१, शनिबार

भूकम्प प्रभावितहरुको बास खुला आकाश मुनी, मृतकको संख्या १५७, घाइते हुनेको संख्या २०८ पुग्यो

अक्षरपाटी
२०८० कात्तिक १९ , आईतबार ०६:११ मा प्रकाशित

जाजरकोट। शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। सो भूकम्पममा २०८ जना घाइते भएका छन्।
घाइने हुनेहरु ९ जिल्लाका भएको प्रहरीले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ।

घाइतेहरुमध्ये १०६ जना जाजरकोटका, रुकुम पश्चिमका ८६ जना, दैलेख, प्युठान, बैतडी र जुम्लाका ३–३ जना, सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना रहेको प्रहरीले जनाएको छ।

गृहमन्त्रालयले शनिबार अबेर दिएको जानकारी अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको छ।

सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार थालिएको छ।

भूकम्पबाट प्रभावित जनता खुला आकास मुनी रात बिताइरहेका छन्। कतिपयसँग ओढने सिरक र कम्बल नहुँदा पाल ओढेर रात बिताइरहेका छन्।

घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसकिने अवस्थामा छन्। फेरि पनि भूकम्प जानसक्ने त्रासले मानिसहरु खुला आकासमुनी बसेका छन्।

जाजरकोट भूकम्प