Logo
१० पुस २०८१, बुधबार

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

अक्षरपाटी
२०८० कात्तिक १९ , आईतबार १२:११ मा प्रकाशित

काठमाडौं,१९ कात्तिक । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।