Logo
२६ वैशाख २०८२, शुक्रबार

मकवानपुर केन्द्रविन्दु बनाएर भूकम्प, काठमाडौंमा कडा धक्का

अक्षरपाटी
२०८० मंसीर ७ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्का काठमाडौं नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । 

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर गएको भूकम्पबाट धनजनको ठूलो क्षति भएको थियो ।