Logo
२० कात्तिक २०८२, बिहीबार

भूकम्प पीडितका अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी खटाइने

अक्षरपाटी
२०८० मंसीर १३ , बुधबार ०१:११ मा प्रकाशित

काठमाण्डौ,१३ मंसिर । सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’

जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री शर्माले बताउनु भयो ।

कात्तिक १७ गते राति बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।