Logo
९ पुस २०८१, मंगलबार

एनसेलको सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन: अर्थमन्त्री

अक्षरपाटी
२०८० मंसीर १९ , मंगलबार ११:१२ मा प्रकाशित

चितवन,१९ मंसिर । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दावी गरेका छन् । अर्थतन्त्रको कारोवार विस्तारै उकालो लाग्न थालेको बताउँदै उनले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भएको दावी गरेका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले आर्थिक गतिविधि बढ्न थालेकाले लगानीकर्तालाई धैर्य गर्न आग्रह गरे । मुलुकमा रेमिट्यान्स र पर्यटन पनि बढेका कारण अब अर्थतन्त्र सुधारको गतिमा भएको उनले जिकिर गरे। ‘मौद्रिक नीतिमा सहज रुपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गा,सेयरमा गयो भन्ने छ । यसले त्यो क्षेत्रको क्षमताभन्दा बढी प्रवाह भएको हो । अहिले रिर्टन आएको छ । हिजो ऋण लिएर अहिले तिर्न नसक्ने कारण त्यो हो ,’डा।महतले भने ,‘अहिले घर जग्गाको कारोवार माथि उठ्दैछ । रेमिट्यान्स २० प्रतिशतले बढेको छ । पर्यटन पनि अहिलेसम्मकै राम्रो छ । यी सबै कारणले आर्थिक गतिविधि बढेको छ । ’

डा।महतले एनसेलको सेयर बिक्रीको विषयमा आधिकारिक रुपमा सरकारलाई जानकारी नआएको बताउँदै करको विषयमा छलफल अघि बढाएको बताए । चुरे उत्खननको विषयमा कुनै कुरा नभएको बताए । सम्भाव्यता अध्ययन गरेर वातावरणमा असर नपर्ने गरी मात्रै काम अघि बढाउने बताउँदै प्रकृया अघि नबढेको बताए ।