Logo
८ पुस २०८१, सोमबार

बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

अक्षरपाटी
२०८० पुस ४ , बुधबार १२:१२ मा प्रकाशित

सिमरा,४ पुष । त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको तीन नम्बर पुलमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौंडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन्।

काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो। दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुनसरी भाति गाउँपालिका २ का ३० वर्षीय खिलराज दुलाल, सुनसरी इटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा तीन वर्षीय सोडनेम गौतम, बसका सहचालक झापा दमकका ३५ वर्षीय नगेन्द्र उप्रेतीको अवस्थाीगम्भिर छ। उनीहरुलाई थप उपचारका लागि हेटौंडाबाट चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ।

राती करिब दुई बजे बस र ट्रक एक आपसमा ठोक्किएको हो। घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेका थिए।