Logo
८ पुस २०८१, सोमबार

सेयर बजारमा उछाल, कारोबार रकम ७ अर्ब नाघ्यो

अक्षरपाटी
२०८० पुस ४ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाडौं,४ पुष । सेयर बजारले उछालको यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा सेयर कारोबारोको चौथो दिन बुधबार पनि कायम रह्यो।

नेप्से परिसूचक ३५.३९ विन्दुले बढेर २१४१.८७ विन्दुमा कायम भएको छ। यसअघि नेप्से परिसूचक आइतबार २८ , सोमबार ३८.१४ र मंगलबार ४५.९८ अंकले बढेको थियो।

दोहोरो अंकले बढेको बजारमा १५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,हिमालयन डिस्टिलरी,फर्वाड माइक्रो फाइनान्स,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र लिबर्टी इनर्जी कम्पनी कमाउने पाँच शीर्षभित्र परे।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहयो। सो कम्पनीको ३७ करोड बढीको सेयर कारोबार भयो। यसैगरी सोल्टी होटलको २४ करोड ,सोनापुर मिनर्ल्सको २० करोड,हिमाल दोलखा हाइड्रोपावरको १८ करोड र नेपाल इन्फ्रास्ट्रक्चरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई उपसमूहबाहेक ११ वटाको परिसूचक बढेको छ। होटल एन्ड टुरिजमको १.८९ र नन लाइफ इन्स्योरेन्सको ०.०८ प्रतिशतले मूल्य घटेको हो।