Logo
१५ वैशाख २०८१, शनिबार

नेपालले आयरल्यान्डलाई दियो १९९ रनको लक्ष्य

अक्षरपाटी
२०८० चैत्र १३ , मंगलबार ०२:०३ मा प्रकाशित

काठमाडौं,१३ चैत । घरेलु टोली नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै १९९ रनको लक्ष्य दिएको हो ।

७ विकेट क्षतिमा नेपालले १९८ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६, कुशल मल्लले ३४ र रोहित पौडेलले ३३ रनको योगदान दिए ।


कुशलले १३ बलमै ३४ रन बनाएका हुन् । यस्तै कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१ र डेब्यू गरेका १६ वर्षीय विशाल यादवले ८ बलमा नटआउट ७ रन बनाए ।

यस्तै आसिफ शेखले ११ र अनिल साहले १२ रन बनाए ।

सोमवार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।