Logo
१५ वैशाख २०८१, शनिबार

नेपाल ‘ए’ ले पायो २२३ रनको विशाल लक्ष्य

अक्षरपाटी
२०८० चैत्र १६ , शुक्रबार ०२:०३ मा प्रकाशित

काठमाडौं, १६ चैत ।आयरल्यान्ड वुल्भ्सले नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै देशका ‘ए’ टोलीबीचको टी-२० प्रतियोगिता चलिरहेको छ। प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेलमा आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको हो।

आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र केड कार्निचलले ३८-३८ तथा स्टेफन डोहेनीले ३४, गेरेथ डेलानीले ३० र गभिन हनीले १८ रन बनाए। दोस्रो बलमा पहिलो विकेट गुमाएको आयरल्यान्डले त्यसपछि भने विस्फोटक ब्याटिङ गरेको हो।

नेपालका लागि कमलसिंह ऐरीले तीन, सागर ढकाल र आरिफ शेखले एक/ एक विकेट लिए।

नेपाल र आयरल्यान्डबीचको पहिलो खेल बिहीबार पानी परेपछि रद्द भएको थियो। यो शृंखला अन्तर्गत चार वटा टी-२० खेल हुनेछन्।