Logo
२२ असोज २०८३, बिहीबार

एसीसी प्रिमियर कप टी–२० : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

अक्षरपाटी
२०८१ वैशाख ३ , सोमबार ०२:०४ मा प्रकाशित

काठमाडौं,३ वैशाख । एसीसी प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको हो।

हङकङका लागि अंशुमान रथले सर्वाधिक ३४ रन, जिशान अलीले १४ रन र कप्तान निजाकत खानले १२ रन, एहसान खानले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका लागि अविनाश बोहोरा ३ विकेट, दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले २/२ विकेट, करण केसीले १ विकेट लिएका छन्। यसैगरी गुलशन झा र दिपेन्द्रसिंह ऐरीले १/१ जनालाई रन आउट गराएका थिए।

वर्षाका कारण आजको खेल १८ ओभरमा झारिएको हो।

ट्रेन्डिङ ( साप्ताहिक )