Logo
३० असोज २०८१, बुधबार

आयोजक वेस्ट इन्डिजलाई हराउदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

अक्षरपाटी
२०८१ असार १० , सोमबार ११:०६ मा प्रकाशित

काठमाडौं,१० असार । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार सातौं जीत हो । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रोपटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी-२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो ।

आयोजक वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को आयोजक राष्ट्र अमेरिका पनि यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

१२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको थियो । पुन: खेल शुरू हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।