Logo
३० भदौ २०८३, मंगलबार

कोपा अमेरिका-२०२४ को उपाधि अर्जेन्टिनालाई

अक्षरपाटी
२०८१ असार ३१ , सोमबार १०:०७ मा प्रकाशित

काठमाडौं,३१ असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो।

हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्।

उनी यो संस्करणमा ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने। ६६ औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका मैदानबाट बाहिरिएका थिए। अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो।

२०२१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकपको उपाधि जितेको थियो।

ट्रेन्डिङ ( साप्ताहिक )