Logo
२ असोज २०८१, बुधबार

समाज डेन्टल र प्रभु बैंकबीच सम्झौता

अक्षरपाटी
२०८१ भदौ ४ , मंगलबार ०५:०८ मा प्रकाशित

काठमाडौं। समाज डेन्टल हस्पिटल प्रालि र र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई समाज डेन्टल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

काठमाण्डौ महानगरपालिका ३१ बानेश्वरमा रहेको हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो।

प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकले क्रमश १५ प्रतिशत, र १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ। समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखामा यो सेवा प्राप्त हुनेछ।

समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन।

त्यसैगरी, ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर तीन सय १५ शाखा कार्यालय, दुई सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर छन्।

करिब ३५ लाख भन्दा बढि ग्राहकलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गदै आएकोे छ।

प्रभु बैंक छोटो समयको अन्तरालमै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित बैंक हो।