काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५–५ जनाको मनोनयन सार्वजनिक गरेको हो । जसअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) मनोनीत भएका छन् ।
त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीमा एरिका गुरुङ (कराते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) मनोनयनमा परेका छन् ।
त्यस्तै, युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) पर्नुभएको छ भने वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) पर्न सफल भएका छन् ।
मनोनयनमा परेका ५ जनामध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।
यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा भने गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् ।
स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते हुने मञ्चले जनाएको छ ।