Logo
६ पुस २०८१, शनिबार

फर्कियो यटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी, चाँडै उडान भर्ने

अक्षरपाटी
२०८१ भदौ २७ , बिहीबार १०:०९ मा प्रकाशित

काठमाडौं । प्राविधिक जाँचका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज जहाज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो ।

उक्त जहाँज गत २२ जुनमा सीचेकका हवाईजहाज यटाली पठाइएको थियो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ देखि जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा जहाज छन् ।