Logo
२४ असोज २०८१, बिहीबार

साफ यू-१७ च्याम्पियनसिप आजदेखि, नेपालको खेल भोलि

अक्षरपाटी
२०८१ असोज ४ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबल शुक्रबारदेखि भुटानमा सुरु हुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् ।

आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमनेसामने हुने छन् । उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

भारत गत संस्करणको उपाधि विजेता टोली हो । यसैगरी नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ । साफ यू–१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन् ।

नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे ।

टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेइङ सेट उतार्ने उनको भनाइ छ ।

सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको मुख्य प्रशिक्षक श्रेष्ठले बताए । नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजेदेखि सुरु हुनेछ ।