Logo
२८ असोज २०८२, मंगलबार

फिल्म ‘एक्टर’को प्रदर्शन मिति सर्‍यो, अब माघ १६ मा प्रदर्शन हुने

अक्षरपाटी
२०८१ कात्तिक १ , बिहीबार ०१:१० मा प्रकाशित

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ आगामी माघ १६ मा प्रदर्शन हुने भएको छ। प्राविधिक समस्याका कारण देखाउँदै निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि फिल्म कार्तिक १५ गते प्रदर्शन हुने भनिएको थियो।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला मुख्य भूमिकामा छन्। राजन भुसालको निर्देशन गरेको फिल्ममा आकाश बराल र निर्देशक भुसालको संयुक्त लेखन छ।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता थम्मन कुमार भण्डारी हुन्। अनिश भुसाल यसको सह- निर्माता रहेको फिल्ममा क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन्।