Logo
७ पुस २०८१, आईतबार

सुनको मूल्य अहिलेसम्मकै उच्च,तोलाको १ लाख ७० हजार रुपियाँ माथि

अक्षरपाटी
२०८१ कात्तिक १४ , बुधबार ११:१० मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य थप वृद्धि भएको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँले मूल्य बढ्दै एक लाख ६८ हजार ५ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज थप २२ सय रुपियाँले बढेको हो ।

स्थनीय बजारमा आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलमा १५ रुपियाँले बढ्दै २१ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २१ सय ५ रुपियाँमा कारोबार भएको थियो ।

मूल्यवृद्धि सुन