Logo
६ वैशाख २०८२, शनिबार

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

अक्षरपाटी
२०८१ कात्तिक २१ , बुधबार ०१:११ मा प्रकाशित

विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

बुधबार अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारलाई जानकारी नदिई जापान भ्रमणमा गएको सन्दर्भलाई लिएर राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री कार्कीले विदेश भ्रमण गएको सन्दर्भ पदीय मर्यादाविपरीत भएको जनाउँदै राजीनामा दिन निर्देशन दिएका थिए ।

सोही निर्देशन अनुसार मन्त्री अधिकारीले राजीनामा दिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिएका छन् ।

यस विषयमा मन्त्री अधिकारीले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् ।

अधिकारी कार्तिक १३ गते जापान भ्रमणमा गएका थिए ।