धनगढी । निसर्ग हस्पिटलले विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
धनगढीमा रहेको हस्पिटलले विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे सचेत बनाउन यो कार्यक्रम सञ्चालनमा ल्याएको निसर्ग हस्पिटलकी रिसर्च अफिसर गायत्री खनालले बताइन्।
मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम आज धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।अन्य विद्यालयमा समेत यो कार्यक्रम सञ्चालन गरिने खनालले बाताइन्।
निसर्ग हस्पिटलका मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर प्रभात सापकोटाले मानसिक स्वास्थ्यबारे जानकारी गराएका थिए।
मानसिक स्वास्थ्य भनेको के हो ? मानिसक समस्याको समाधान र समस्या आएपछि कसरी बच्ने भन्ने उपायका बारेमा डा. सापकोटाले जानकारी गराए।
यो समस्याले बढी प्रभावित हुने उमेर समूह, मानसिक रोगका संकेतबारे उनले सहभागी शिक्षक र विद्यार्थीलाई प्रशिक्षण दिए।
कार्यक्रममा निसर्ग हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौतले पनि मानसिक रोगबारे सचेत गराउनुका साथै बच्ने उपायहरूका बारे बताए।
निसर्ग हस्पिटलले बेलाबेलामा समाजिक स्थरमा बिभिन्न जानकारीमूलक कार्यक्रम गर्दै आएको छ।
मानसिक समस्या सम्बन्धी सचेतना कार्यक्रम पछिल्लो समय एकदमै आवश्यक रहेको हुँदा विद्यालय स्तरमा गरिएको निसर्ग हस्पिटलका सूचना अधिकारी रोहित गिरीले बताए।
कार्यक्रममा हस्पिटलका मानसिक रोग विशेषज्ञ डाक्टर प्रभात सापकोटा, हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौत, रिसर्च अफिसर गायत्री खनाल, सूचना अधिकारी रोहित गिरीलगायत हस्पिटलका अन्य कर्मचारी र विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति थियो।