Logo
७ फागुन २०८१, बुधबार

सुदूरपश्चिका लागि ब्राण्डनको अर्धशतक, काठमाडौंलाई १६८ रनको लक्ष्य

अक्षरपाटी
२०८१ मंसीर २० , बिहीबार ०२:१२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिम रोयल्सले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे ।

ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

काठमाडौंका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।