Logo
१ पुस २०८१, सोमबार

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

अक्षरपाटी
२०८१ मंसीर २४ , सोमबार ०३:१२ मा प्रकाशित

काठमाडौँ । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । उक्त दिन नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६.१५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

सो दिन कारोबारमा आएकामध्ये ९२ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १३८ वटाको घट्यो भने बाँकी १३ वटा कम्पनीको स्थिर रहयो ।

६२ हजार ७ सय ५८ पटकको कारोबारमा १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स कम्पनी, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र अन्यबाहेक सबैको परिसूचक धेरैले घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

नेप्से