Logo
२७ चैत्र २०८१, बिहीबार

९०० ले बढ्यो सुनको मुल्य

अक्षरपाटी
२०८१ फागुन २१ , बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।

सुनचाँदी