Logo
२८ फागुन २०८१, बुधबार

‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा

अक्षरपाटी
२०८१ फागुन २६ , सोमबार ०३:०३ मा प्रकाशित

काठमाडौं । दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा परेको छ । सोमबार अपरान्हसम्म यो गीत ट्रेन्डिङको ६७ औं स्थानमा छ ।

८ साताअघि युट्युबमा रिलिज भएको यो गीत आइतबार ८६ औं स्थानमा थियो । सोमबार अन्य चर्चित गीतलाई उछिन्दै ६७ औं स्थानमा उक्लिन सफल भएको हो । यति मात्र होइन, यो गीत पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।

यही गीतको कारण एलिना चौहान नेपालभित्र युट्युबमा धेरै सुनिने नेपाली संगीतकर्मीको चौंथो स्थानमा छिन् भने, दुर्गेश पाँचौ स्थानमा छन् ।

युट्युब चार्ट हरेक दिन अपडेट हुने भएकाले सूची तलमाथि भैरहन्छ । तर, युट्युबको शीर्ष १०० ग्लोबल गीतको सूचीमा भने अझै पर्न सकेको छैन । यो गीतलाई अहिलेसम्म ३ करोड ३५ लाख पटक हेरिएको छ ।

मेला महोत्सवदेखि टिकटक र रिल्समा समेत लोकप्रिय यो गीतमा दुर्गेश आफैको शब्द र संगीत छ । आनन्द कार्की, दुर्गेश, एलिना चौहान र समीक्षा अधिकारीको स्वर समावेश छ ।

ग्लोबल ट्रेन्डिङ दुर्गेश थापा दुश्मन हेरेको हेर्‍यै