Logo
९ जेठ २०८२, बिहीबार

आईपीएल क्रिकेट : आज बेङ्गलुरु र गुजरात खेल्दै

अक्षरपाटी
२०८१ चैत्र १९ , बुधबार १२:०४ मा प्रकाशित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुनेछ ।

बेङ्गलुरुले आफ्नो पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो । बेङ्गलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

आईपीएल