Logo
२७ जेठ २०८२, सोमबार

तीनकुने हिंसापछि पुनः सञ्चो उत्पादन सुरु

अक्षरपाटी
२०८२ जेठ २७ , सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सञ्चो उत्पादन थालेको छ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राजावादीहरुले तोडफोड र आगजनी गर्दा ध्वस्त भएको जडिबुटी उत्पादन केन्द्रले एक महिना नबित्तै उत्पादन थालेको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले जानकारी दिइन्।

यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुदाँ सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प थियो।

अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाका बीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन्।

यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा शिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।

आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेसिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन ।

अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन रिजालले बताइन्।