नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ ।
फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्।
चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ।
सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै बताए।
नेपालगंजसगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पर्याउने भएकाले यसको विशेष महत्व रहेको उनले बताए।
नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटोहरू मध्ये उत्कृष्ट १११ फोटाहरू प्रदर्शनीमा राखिएका छन् ।
फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा फोटो प्रतियोगिता भएको थियो।
तस्विरहरु