



काठमाडौं। पोखरा महानगरपालिका ३१, बेगनासताल वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ।
बैंंकका ग्राहक तथा कर्मचारीलाई रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
प्रभु बैंकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।
बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै सम्झौताले खाना र आवास सुविधा पाइने भएको हो ।
सम्झौता¬–पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंक लिमिटेडका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलका हस्ताक्षर छ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ सेवा दिँदै आएको छ।
प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।




