Logo
३१ साउन २०८३, आईतबार

फिफाले एन्फामाथि लगाएको आर्थिक प्रतिबन्ध हटायो

अक्षरपाटी
२०८२ असार २८ , शनिबार ०५:०७ मा प्रकाशित

काठमाडौं । आर्थिक पारदर्शिता र भ्रष्टाचारको शंका गर्दै अखिल नेपाल फूटबल संघ (एन्फा)माथि विश्व फूटबल महासंघ (फिफा)ले लगाएको आर्थिक प्रतिबन्ध हटाएको छ।

नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को प्रतिबन्ध हटाएको एन्फाद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ।

फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो।

चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ।

बन्देजका बेला फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो।

अखिल नेपाल फूटबल संघ आर्थिक प्रतिवन्ध विश्व फूटबल महासंघ