काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएका छन् ।
साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार महरलाई अनुसन्धानका लागि पेश गरिएको हो । उनले पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको र त्यसअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
धामी पक्राउ पुर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीबाट तत्काल पुर्जी नपाएपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका हुन् ।
प्रवक्ता अवस्थीका अनुसार मुद्दा चल्ने, नचल्नेबारे अब अदालतको आदेश पर्खिएको छ ।
ऐन महर नेकपा एमाले पक्राउ पुर्जी