Logo
४ कात्तिक २०८२, सोमबार

सुनकाे मूल्य ताेलाकाे २ लाख ३ हजार नाघ्याे, चाँदी पनि महंगिदै

अक्षरपाटी
२०८२ भदौ १५ , आईतबार १०:०८ मा प्रकाशित

काठमाडौं । आज आइतबार सुन प्रति ताेला २ लाख ३ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा काराेबार भएकाे सुन आज ३ हजार थप महंगाे भएको हो। यो सुनकाे हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि महँगिएको छ।

चाँदीको मूल्यले पनि आज एकै दिन प्रतितोला ६५ रुपैयाँ बढेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ निर्धारण भएको छ। शुक्रबार चाँदी २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

मूल्य सुन