Logo
१६ भदौ २०८२, सोमबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम : तोलाकै दुई लाख, पाँच हजार, सात सय

अक्षरपाटी
२०८२ भदौ १६ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला दुई लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ।

हिजो आइतबार प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख तीन हजार ६ सयमा कारोबार भएको सुन आज एक हजार ७ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मात्र होइन चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मूल्य सुन