काठमाडौं । मध्यरातमा अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पकामा ज्यान गुमाउनेको संख्या ६ सय २२ भन्दा बढी पुगेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन्।
अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा गएको ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी मानिस घाइते भएका छन्।
भूकम्पले कुनारका तीन गाउँ ध्वस्त भएको समाचार बाहिरिएका छन्। कुनार गाउँमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको सञ्चारमाध्यमलेले जनाएका छन्।
१० किलोमिटर गहिराइ रहेको भूकम्पमा परि घाइते हुने र वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ।
भूकम्प यति शक्तिशाली थियो कि केन्द्रबाट झण्डै ४ सय किलोमिटर टाढा रहेका पाकिस्तानको राजधानी इस्लामावादसम्म समेत धक्का महसुस गरिएको थियो।
भूकम्पले अफगानिस्तानको ग्रामिण क्षेत्रमा रहेका माटो र ढुंगाले बनेका घरहरू भत्किएका छन् ।
भूकम्प पीडितहरुको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।
यसअघि सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पमा झण्डै एक हजार मानिसले ज्यान गुमाएका थिए।
अफगानिस्तान भूकम्प